-कालिका प्रसाद उपाध्याय
२०७२ फागुन १५ गते शनिवार ।
काठमाडैांको शिवपूरीको काखमा अवस्थित चण्डेश्वरी मन्दिरलार्इ साक्षी राखेर चूरेका पूर्विवद्यार्थीहरूले भव्य वनभोज कार्यक्रम सम्पन्न गरेका छन् । उक्त कार्यक्रममा वि.सं. २०३८ सालदेखि हालैका वर्षहरूसम्म चूरे मा.वि.बाट दीक्षित पूर्वविद्यार्थीहरूको उपस्थिति थियो । उक्त वनभोज कार्यक्रमका अतिथिहरू अादरणीय गुरू श्री मदन ज्ञवाली, श्री ध्रुववहादुर शाह र श्रीमती दुर्गा जोशी हुनुहुन्थ्यो । साथमा रमाइरहेका उहाँका शिष्यहरू उहाँहरूसंग फोटो सेसन गर्न तँछाडमछाड गरिरहेको दृष्य साँच्चिकै लोभलाग्दो थियो भने शिक्षकशिक्षिकाहरू हर्षले गद्गद् देखिनुहुन्थ्यो ।
कार्यक्रममा खानपिन मात्रै भएन रमाइलो पनि भयो । मदिरारहित उक्त कार्यक्रम हार्दिक र सुमधुर सम्बन्ध बढाउन उपयोगी रह्यो । रिङरोड परिक्रमापछि पुगेको हाम्रो टोली पिकनिक स्थलमा पुग्नासाथ सल्लाका घारीतिर उकालो लाग्दै नयाँदृष्यमा अाफुलार्इ कैद गर्ने सुर कस्दै थियो । टोली पुग्नु अगावै जगत बानियाँ, दिनेश श्रेष्ठ लगायतका साथीभाइहरूको अग्रसरतामा क्याटरिङले ब्रेकफास्ट तयार गरिसकेको थियो । ब्रेकफास्ट खाएपछि अउपचारिक कार्यक्रम सुरू भयो । सर र म्याडमलार्इ अतिथि र अध्यक्ष जगत बानियाँलार्इ सभापतिको अासन ग्रहण गराउनुभयो सञ्चालक सचिव प्रेम थापाले ।
ध्रुवसरले अाफ्ना शिष्यहरूलार्इ मायाले भन्नुभयोः हामीले जीवनमा कमाएका कुनै डलर या पाउण्ड हैा भने तिमीहरू नै हैा ,जति खर्च गर्यो उति बढ्ने यस्ता डलरहरू काठमाण्डुमा बसेका मैं हुँ भन्ने धनाढ्यहरूले पनि कमाउन सक्दैनन् किनकि यो कान्तिपुरे खाल्डो छोराले बाबुलार्इ हेर्न नचाहने खाल्डो हो । तिमीहरूले हामीलार्इ हेर्यैा, यो भन्दा ठूलो सम्पति अरू कहाँ पाइएला ? यस्ता बाबुजस्ता शिक्षकका सद्वचन सुनेर हाम्रा अाँखा टिल्पिलाए, सबैको अनुहार हेर्दा भावुक देखिन्थे ।
मदन सरको पालो अायो । चूरेको नामाकरण, चूरेलार्इ चूरे बनाउन भूमिका खेल्ने हरेक व्यक्तिबारे यो पुस्ताले जान्ने मैाका पायो । त्यतिबेलाका शिक्षकहरूले झेलेका दुःख, समाजसेवीहरूले पाएका गोता र विद्यार्थीहरूले गाडेका जरा सबै उधिनेर छर्लङ्ग पारिदिंदा चूरेको इतिहास छरपष्टिएको झैं लाग्थ्यो । उहिलेका विद्यार्थीहरू जस्ले चूरेलार्इ अतिरिक्त कृयाकलापको माध्यमबाट जिल्लाभरि चिनाए, उहाँले नामै लिनुभयोः विशिष्ट नृत्यांगना उमा मल्ल, भलिवलका शटर कुशव थापा, प्रथमपटक प्रथम श्रेणी हासिल गर्ने जगत बानियाँ र खड्ग विश्वकर्मा अादिअादि धेरै.....। हामीलार्इ लाग्थ्यो असल शिक्षकहरूले विद्यार्थीका मनमा छाप पारेका हुन्छन् तर ज्ञात भयो, असल विद्यार्थीले पनि शिक्षकका मनमा अमिट छाप पारेका हुँदारहेछन् ।
त्यसपछि मदन सरले गाएको भाइबहिनीबाट मैले के के पाइन, सबथोक पाएँ भन्ने अासयको हिन्दी गीत सन्दर्भिक थियो र मञ्त्रमुग्ध नहुने कोही थिएन । चलेछ बतास सुस्तरी भन्ने गीत गाउँदा वाक्य नफुटेका केटाकेटी पनि स्वरमा स्वर मिलाइरहेका थिए । उहाँले त्यो माहोललार्इ चूरे स्कूलको सिमलको रूख अगाडिको प्रांगण झैं बनाइ दिनुभयो ।
गुरूअामा दुर्गा जोशीको मुहारमा देखिएको चमक र हर्ष हेर्न लायक थियो । उहाँले सबै विद्यार्थीले दिएको सम्मान अाफ्नालागि अपूर्व भएको र सबैको भलो होस् भन्ने कामना गर्नुभयो ।
चूरेका पूर्वविद्यार्थी कृष्णराज बजगाइँको स्वागत तथा धन्यवाद ज्ञापन सहित परिचय कार्यक्रममा काठमाडैांमा अाअाफ्नो क्षेत्रमा राम्रो गरिरहेका पत्रकार, व्यवशायी, विजिनेशम्यान, शिक्षक, वैज्ञानिक, प्रशाशक गृहस्थ व्यक्तित्वहरूको उपस्थिति थियो ।
उक्त कार्यक्रमको रमाइलो पक्षः सर्वप्रथम चूरेबाट एसएलसी पास गर्ने छात्रा विमला शर्मा (२०३८ साल), पहिलो फर्ष्ट डिभिजनमा पास हुने जगत बानियाँ, पहिलो फर्ष्ट डिभिजनमा पास हुने छात्रा रजनी ज्ञवाली, भर्खरै पर्यटन बोर्डको सिइअो पदमा नियुक्त दीपकराज जोशी अनि मदन ज्ञवाली सर तथा दुर्गा जोशीलार्इ दोसल्ला, ढाकाटोपी, अबीरले रंगाएर सम्मानित गरिएको थियो ।
यस परिवारले यस अघि पूर्व हेडसर कृष्णप्रसाद पैाड्याल, पूर्वशिक्षक ध्रुववहादुर शाह तथा वगनाहा स्कूलमा स्कूले शिक्षा पूरा गरी पिएचडि गर्ने डा. कालिकाप्रसाद उपाध्यायलार्इ सम्मानित गरिसकेको छ । अन्य मूर्धन्य साथीभाइहरूलार्इ क्रमैसित सम्मान गर्दैजाने लक्ष पनि राखेको छ ।
कार्यक्रमलार्इ रमाइलो बनाउन कसैले गीत गाए कसैले जोक सुनाए, कोही नाचे । एउटा अविस्मरणीय कार्यक्रम साँझपरेसंगै टुंग्याउनुपर्ने बाध्यता अाइलाग्यो ।
कार्यक्रम यति पारदर्शी थियो कि सचिव प्रेम थापा र कोषाध्यक्ष सिता थापाले यसपटकको अाम्दानी रू. ५९ हजार चानचुन र खर्च ४९ हजार चानचुन भर्इ ९ हजार चानचुन बचत रहेको समेत भन्न भ्याए । कोष खडागर्न एउटा कोसे ढुंगा स्थापना भयो । समुद्र थोपाहरूको वृहत रूपहो भने यो पाइलाले हजारैां माइलको यात्रा सुरू गरेको छ ।
हामीले सन्तराम बस्याल सरलार्इ प्रतीक्षा गर्दा अस्वस्थताका कारण अन्तिम समयमा उहाँको असमर्थताको खबर अायो, सम्मान गर्ने धोको अधुरै रह्यो । फेरि कहिले पूरा होला नि ।
फर्किंदा बसभित्र अन्त्याक्षरीको माहोल थियो । मनै तरंगिने किसिमकिसिमका गीतहरू दुर्इपक्षले गाइरहेका थिए ।
यति राम्रो कार्यक्रमलार्इ सजिलै पार लगाउनु त्यति सहज काम थिएन । प्रेम थापा, जगत बानियाँ, दिनेश श्रेष्ठ, पार्वती अधिकारी, सिता थापा, रजनी ज्ञवाली, सुमित्रा खनाल, सिर्जना चन्द लगायत थुप्रै साथीभाइहरको हप्तैांदेखिको परिश्रमले यो कार्यक्रम सम्पन्न भयो । अँझ जो जो उपस्थित हुनुभयो उहाँहरूका कारण झनै सफल भयो । अाउनुहोस् सबैले सबैप्रति कृतज्ञता र धन्यवाद ज्ञापन गरैां ।
बसभित्र पुरानो लोकगीत अन्त्याक्षरीको रूपमा घन्किरहेको थियोः सलल बग्यो गण्डकी, अाज संगै भोलि त काँ हो काँ यस्तै छ हाम्रो जिन्दगी........। मेरो मनमष्तिष्कमा राति अबेरसम्म यही गीत खेलिरहेको थियो शायद सबैका मनमा.......। अर्को जमघटको अाशा बोकेर ।
र यी भिडियोहरु सम्झनाका लागी :



























