Friday, March 20, 2015

गज़ल- बनायो कसले ?



-सौगात श्रेष्ठ (पुर्व बिद्यार्थी, चुरे )



-------------------------------------
नदि बनायो कसले अनी पानी बनायो कसले ?
सामानजस्तै बेचिने जवानी बनायो कसले ?
जन्मदेखि मृत्युसम्म संघर्षमै बित्छ,
जिन्दगीको लामो कहानी बनायो कसले ?
गुलाफ दिएर मन मागिन्छ अचेल यहाँ,
फूललाई प्रेमको निशानी बनायो कसले ?
न आफै जान्दछ न भनेकै मान्दछ उसले,
आखिर मान्छेमा अटेर बानी बनायो कसले ??

कविता-- "समय"


- उपेन्द्र रास्कल (पुर्व बिद्यार्थी, चुरे )


------------------------------------
जमीनको धुलोसंगै
खेल्दै गर्दा
त्यो धुलो र म लडीबुडि गरेको,
आज त्यही धुलो जसरी नै
जिस्काईरहेछ-
अनुहारभरी पोतिएको क्रिम पाउडरलाई
शरीरको सुकिलो पोशाकलाई ।

त्यही गाउमैं रहेर
म जान डराउँछु- 'त्यो धूलोको नजिक'
र आज पनि भागीरहेछू
जून धूलोले हिड्न सिकायो
डुल्न सिकायो मलाई
त्यही धूलो छोडेर
टाढा-टाढा ।
रहदैन मेरो खुट्टा अब त्यो धुलोमा
र देखिदैन-
धूलो र सिंगानको मिश्रण अनुहारभरी लत्पतिएको ।
ठुलो 'क' लेखि
जम्मा गराएर साथीलाई
त्यही धुलो उडाउँदै
सबैलाई देखाउँदै
त्यही धुलो भरिएको दौराको वाहुला
अनि नाकको सिंगान पनिसंगै
परैबाट सिधै देखिने
कडा साह्रो ढूङ्गा जस्तै बनेको
त्यही वाहुला
पुनः नाकमा रगड्दै
त्यही नाक फूलाउँदै
चिच्याई चिच्याई भन्थें
हेर त मेरो क कति ठुलो ।
तर
आज सबै बदलिएको छ
त्यो धुलोमा टेक्लेने खुट्टा आज मार्वलमा टेक्छ
चप्पल नभए पनि दौडिने खुट्टाले जमिनको स्पर्श गर्नु पर्दैन
कति रात त्यही धुलोमा आकाशको सिरक बनाई रात कटेथ्यो
अहिले घरमा कहील्यै रात पर्दैन
गर्मीमा पसिना चुहाईचुहाई काम गरेको
खाली खुट्टा हिड्दा पैतला फूटी
तपतपी चुहिएको रगत
तर
समय फेरिएछ
साँच्चै फेरिएछ
र म पनि फेरिएछु ।
समयले स्वार्थी बनाईदियो

त्यही धुलोलाई मेटाईदियो मेरो जीवनबाटै
आज धूलो खोज्नुपर्छ
बाटो भरी कालोपत्रे विछ्याईको छ
घरको प्राङ्गणमा चम्किएको छ मार्वल
बत्ति बलिरहेछ झिलमील
पहीले त्यही दियालोको
उज्यालोले देखिन्थ्यो सारा खुशी
चम्किन्थ्यो हाँसो ।
अहिले धुलोसंगै बिर्साईदियो
सारा खुशी सारा हाँसो
समयले नै बनाईदियो व्यस्त
र बिर्साईदियो आफैलाई ।
फिक्का छ बत्तीको झिलिमिली
बोझ छ सारा दुःखको
भारी छ मनभरी पिडाको
तर
व्यस्त बनाईदियो
छैन,
छैन फूर्सद कत्ति पनि
दुःख साट्ने पिडा बाड्ने
सबैको व्यस्तता
धन कुम्ल्याउन तिरै
सम्पति बढाउनतिरै
धनी बन्नको लागि
बिर्सिदिए मनलाई
भूलिदिए धर्तिको ममता
फूटाईरहेछन् आमाको छाती
सुकाईरहेछन् आमाको आँशु
एकदिन फूटाईदिनेछन्
यसरी नै
यो धर्तीका आँखाहरू
र झुकाईदिने छन् ती चन्द्र र सूर्यलाई
म पनि लागिरहेछु
मिसीरहेछू
सामेल भईरहेछू त्यही भिडमा
र थालेको छू
त्यो धुलोलाई सदासदाको लागि मेटाउन
थाहा छैन, मरेर मिल्नुछ त्यही धूलोमा
र बन्नु छ आखिर माटो
र समाहित हुनु छ आमाको छातीमा
कति ठुलो आमाको छाती
तर लात मारीरहेछू त्यही छातीमाथी
लाग्ने छ पाप आमाको
लाग्ने छ श्राप बाबूको
यो धुलोको
यो माटोको अनि
यो जमिनको
मेरी धर्तीमाताको ।
----------------------------------------------------------------------------

Friday, March 13, 2015

२०७१ सालमा एस एल सी दिने ब्याचलाई बिदाइ गरिदै

चुरे उच्च मा बि बगनाहाको २०७१ सालमा एस एल सी दिने ब्याचलाई बिदाइ गरिदै :
(फोटो सौजन्य: सुर्य खत्री, शिक्षक )




लघुकथाः रक्सीको मात

-कालिकाप्रसाद उपाध्याय

माघीको बेला थियो । ठाकुरद्वारामा मेला थियो । दुर्इ दैांतरी थिएः पुरन र रमेश । पुरन थारू समुदायको ठिटो र रमेशचाहिं पहाडी । पुरन पहाडी (नेपाली) भाषा राम्ररी बोल्नसक्ने, रमेश पनि थारू भाषामा पोख्त । ठाकुरद्वाराको मेलामा दुबै साथी संगै गए, रातभरि र बिहानपख मेला हेरे अनि फर्के ।
बाटामा बन्तरियातिरको जंगलसम्म पुग्दा उनीहरू मेलामा किनेका बदाम (ममफली) खाइरहेका थिए । बाटाको छेवैमा एकथरि मान्छेहरू झगडा गरिरहेका रहेछन् । त्यो झगडामा संलग्न मध्ये अाधाजति पहाडी थिए र अाधा थारू । दुबैथरि अा.अाफ्ना भाषामा गाली गलैाज र मारपिट गरिरहेका थिए । दुबैथरिले माघीका बेलाको जाँड या अन्य मादक पदार्थ सेवन गरेका थिए भन्नेकुरा उनीहरूको लर्बराएको जिब्रो र लड्खडाएको हिंडाइले थाहा हुन्थ्यो । कुन्नि कहिलेदेखिको रिस फेर्नलार्इ उनीहरू जंगलमा झगडा गरिरहेका थिए ।
झगडाले ठूलै रूप लियो । मेला हेर्न अाउने सम्बन्धित गाउँका गाउँले मध्ये कोही न कोही कसैको न कसैको पक्षमा लागिरहेका थिए । अाफ्नो समुदायको प्रतिष्ठामा अाँच अाउन थालेपछि, अाफ्नो समुदायलार्इ अर्कोले हेपेको महसुस गरेपछि जस्को पनि रगत उम्लिन्थ्यो र अर्कोप्रति जाइलागिहाल्थ्यो ।
पुरन र रमेशले पनि यो दृष्य चाख मानेर हेरिरहेका थिए ।
पुरनले रमेशलार्इ भन्योः हुनपनि यी पहाडीहरूले अति नै गरेका छन् ।
रमेशले पनि प्रत्युत्तर दियोः थारूहरू पनि कम छैनन् ।
पुरनले रमेशलार्इ हेर्यो, रमेशले पुरनलार्इ । दुबै दैांतरीलार्इ लाग्यो होला, हामी कस्तो विवादमा फस्दैछैां ?
बाटामा पुरनलार्इ के लागेछ कुन्नि, रमेशको हात च्याप्प समातेर भन्योः रमेश, तिमी उ त्यो रूखमा गएर सालको पात टिपेर ल्याउ त ।
रमेशले एउटा पात लिएर अायो । पुरनले त्यो पातलार्इ बेरेर नलीजस्तो बनायो अनि एक किसिमको अावाज निकालेर बजायो, मीठो बाजाजस्तो सुनियो ।
रमेशले सोध्योः यो के गरेको ?
पुरनले पर झाडीतिर रूखको फेदमा बसिरहेको बालकलार्इ देखाउँदै भन्योः उ हेर, त्यो बालकले त्यही सालको पातले अाफुले दिसा गरिसकेपछि पुछिरहेको छ, हामी त्यही सालको पातको बाजा बजाइरहेका छैां, कोही टपरी बनाउँछन्, कोही सोत्तर । हामी विभिन्न समुदायमा जन्म्यैां, हाम्रो रीतिरिवाज, संस्कृति फरक भयो भन्दैमा हामी विभिन्न किसिमले उपयोग गरिने सालका पात त हैनैां नि ? कुनै दुर्इजना व्यक्ति वा दुर्इ परिवारको नितान्त नीजि झगडालार्इ लिएर हेर त त्यहाँ बाहिरकाले कसरी परिस्थितिलार्इ उचालपछार गरेर उपयोग गरिरहेका छन् ? त्यो कुरा थाहा हुँदाहुँदै पनि त्यस्ता कुरामा लागेर हामी साथीहरू किन विवाद गर्ने ? हिंड जाउँ, जो सुकै मरून् कि बाँचून्, किनभने हामीले समाधान चाहेर पनि यो हुलमुलमा हाम्रा कुरा कसैले सुन्दैन ।
रमेशको पनि चेत फिर्यो । पुरनतिर हेर्यो । साथी होस् त यस्तो ।
दुबैजना बाटो लागे ।
बाटामा रमेशले अहिलेको देशको परिस्थिति पनि सम्झ्यो अनि पुरनलार्इ सोध्योः पुरन, अाजभोलि सारा नेपालीहरू अाअाफ्नो समुदायका खातिर विभक्त भएर अर्को समुदायका विरूद्ध खनिइरहेका छन्, कोहीकोहीले छुट्टै राज्य नै मागिहेका छन् , कोही धर्मका नाममा, कोही सम्प्रदायका नाममा लडिरहेका छन् । एकले अर्कामाथि थिचोमिचो गरिरहेका छन् र त्यसबाट उन्मुक्ति पाउनुपर्छ भन्ने अारोप पनि छ नि, त्यसलार्इ के भन्छाै ?
त्यतिञ्जेल उनीहरू सुखाड अाइपुगिसकेका थिए । पर अोराहीको खोला देखियो । उनीहरू बाटोमा हिंड्दैथिए, एकजना रक्सीले मातेको मान्छे भेटियो । लडखडाइरहेको त्यो व्यक्ति ती दुर्इजनाको बीचबाट उनीहरूलार्इ धकेल्दै घुस्यो । उसले ती ठिटाहरूलार्इ गर्नुसम्म गालीगर्यो । उसको एउटै ढिपीथियोः बाटामा सरासर हिंडिहेको मान्छेलार्इ धक्का दिने, एक्लै देखेर हेप्ने ?
पुरनले रमेशलार्इ त्यही मान्छेको उदाहरण दिंदै भन्योः हेर रमेश, जो मान्छे नेपालमा जात र सम्प्रदायमा विभक्त भएर एक अर्काप्रति हिलो छ्यापाछ्याप गरिरहेका छन् , तिनलार्इ यो व्यक्तिलार्इ रक्सीको मात लागेझैं एककिसिमको मात लागेको छ । जबसम्म मात लागिरहन्छ, तिनीहरू ठान्छन्, म असल हुँ अरू सबै खराब तर जब मातले छोड्छ अनि उनीहरूको अनुहार हेर्नुपर्छ लज्जाबोध, हीनताबोध र अात्मग्लानिले शीर निहुरेको हुन्छ । हो, हामी एउटै देशका नागरिकलार्इ विभक्त बनाएर जो रक्सीको झैं मातमा निर्लिप्त छन् , एकदिन उनीहरूलार्इ पश्चाताप हुनेछ किनकि कुनै पनि पिछडिएका समुदाय, संस्कृति, भूगोल या जातजातीको उत्थान गर्ने नाममा अपनाइएको यो तरिका अन्ततः पतनको बाटो हो, फगत रक्सीको मात मात्रै हो । देश, जाति धर्म र संस्कृतिको उत्थान विभाजनले होइन एकताले, मनमुटावले होइन हार्दिकताले र इर्ष्याले होइन सहिष्णुताले मात्र सम्भव छ ।
रमेशले स्वीकार गर्योः अहिले जसरी हाम्रो देशका केही मान्छे जात र सम्प्रदायका नाममा उफ्रिरहेका छन्, कतिपयले त राज्य नै मागिरहेका छन्, यो केबल रक्सीको मात मात्रै हो ।
रमेश र पुरन अोराही खोलामा पुगे । एकले अर्कालार्इ अँगालो हाले । हात मिलाए । दुबैले खोलाको पानीमा अैांला चोपे र कामना गरेः हाम्रो मित्रताको अगाडी संकीर्णताका यी अवशेषहरू कहिल्यै नतेर्सिउन् ।
दुबैजना पुरनको घर गए, ढिक्री र अन्य थारू परिकार खाए । रमेशको घरमा तिलका लड्डु र भुजाका लड्डु थिए ती पनि मीठो मानी मानी खाए । त्यहाँ न त कुनै जातको स्वाद थियो न त साम्प्रदायिकताको नै, थियो त केवल अन्नबाट कलात्मक तरिकाले बनाइएका स्थानीय परिकारको ।  

कथाः "पानीक् रिब"

- कालिकाप्रसाद उपाध्याय
बलमुवाँ मदारिक डँडुवामन् बैठ्के सजना भाखाक् गीत गाइठ चिल्लाकेः हर्किन्देबु बजरिया केवरिया रे.......सुखावो सुखनी...। वकर गैया व भैंस चरटाइँ अारक्षक किनारम व उ देखठ एक्ठो पानीक् खड्डा जहाँ फुलल्बा कट्कुइयाँ (कमल) । उ एक्ठो कट्कुइयाँक् फुला उखाडठ् व बनाइठ वकर माला ।

अारक्षक उपारसे ३,४ बठनियाँ अाइटाइँ, मुरिम ढकिया व ढकियाम कोसम, जाम लइके । बलमुवाँ देखठ वकर मनरख्नी झिगनियाँ फे बाटइँ । झिगनियाकिहिन उ मन पराइठ मनों झिगनियाकिहिन यी बातक कैान पता नाइँ हो, बस एकतर्फी मयाँ । झिगनियाँ खुब बढिया, जवान व चट्पटिया बठनियाँ, सुन्दर जीउडाल, हरबार हँस्के रखना वा सक्कुसे बढिया व्यवहार करना उनक बानि से गाँवभर व सबके प्यारी रही । भर्खर १८ वर्षक् उमरम व उपर स्वर्गक अप्सरा जमीनम् अाइल जैसिन देख्ठी ।
बलमुवाँ सक्कुहुनसे कोसम मागठः 'महिन कोसम देबो होर्इ ?'
अउर सब बठनियाँ चल्गिनै, अकेलि झिगनियाँ रहल्गिनै । झिगनियाँ अपन ढकिया से कोसम निकारके बलमुवाँक हाथेम रख्ठी व बलमुवाँक अँाखिम हेर्ठी दोनोक अँाख जुधल । बलमुवाँ झिगनियाँसे पुछठः 'तु काकरे देहेलो, अउर इत्ना मनै कुछु नाइ बोल्के चल्गिनै, तु किल काकरे देहलो महिन कोसम ?'
झिगनियाँ फेर वकर अँाखिम मयालु तालसे देख्ली तो केजाने का हुइगिल, कहलीः 'मै नाइ देम तो के दी ?'
बलमुवाँक मन्म का हुइगिल हुइगिल, उ भितरके मयाँ जाग उठल व पुछलः 'का तुँ मैं जउन चीज मागम, सक्कु देबो ?'
झिगनियाँक् बोली दबल रेहे, उ कहलीः 'मोरसंग हुइ तो जरूर देबुँ......।'
बलमुवाँ चारोअोर हेरल व कानेम् जाके कहलः 'ठिक बा अब्बै नाइ बताइम, काल साहिंजुन्के अँटुवाम भेटब, तब बताइम् । मै तुहिन डुन्ड्राठनके अँटुवाम हँसुवाइम, उहाँ कोइ नाइदेखठ, जरूर अाइहो....।'
झिगनियाकिहिन कट्कुइयाँक् माला दइके बलमुवाँ कोसम खाइटे खाइटे गैया व भैंस घुमाए चल्गिल व झिगनियाँ चली डगराअोरसे गाउँतरफ ।
काल साहिंजुनके अँटुवाम बैठके बलमुवा सुग्गा हकारे लागल । उ चिल्लाइटेहे सुग्गा हाकारेक लाग् मनो अोकर ध्यान रहे डगराअोर, झिगनियाँ अाइल कि नाइँ ?
झिगनियाँ खेतुवाक किनारेसे अँटुवाम अाइली, पानिसे थोरथोर भिजल हुँकार जीउ उपरसे देखके बलमुवाँकिहिन लोभ लागल । मनमन्म सोचल, मोर भोज यिन्से हुइठ तो मोर जिन्दगी कत्ना सुखीहुर्इ ?
झिगनियाँ जीउके पानी झट्कार्ली व मचानम बैठके पुछ्लीः 'अब का पुछ्ना बा पुछो, व का माग्ना बा मागो ?'
एक मनसे बलमुवाँ डराइल, दोसर मनसे सोचल, अगर यी मैाका मै नाइँ लेम तो अइसन मैाका महिन कब्बु नाइँ मिली ? फेन सोचल, एक्चोट्टे कैसिके कहूँ, अोकर मन फट्जाइ तो ? फिर सोचल, नाइँ अाज तो कहिके रहम् । बालबाल हिम्मत करल व पुछलः 'झिगनियाँ, मै तुहिन कैसन लाग्ठूँ ?'
झिगनियाँ कुछु नाइँ बुझल, व कहलः तु तो मजा लाग्ठो, मनें तुहार कान महिन मजा नाइलाग्ठाइँ ?
बलमुवाँ हाँसल व कहलः का करे ?
झिगनियाँ बोल्लीः तुहार कान नाइसुन्ना चीज ज्यादा सुन्ठाइँ वा सुन्ना चीज सुन्बे नाइ कर्ठाइँ ।
बलमुवाँः बताउ, का नाइसुन्नु मैं ।

झिगनियाँ बात फेरके बोलीः तुँ बताउ का कहटेरहो ?
बलमुवा अँटुवाक् नीचे, येहोर अोहोर सक्कुअोर देखल, कोइ नाइ हों तो कहलः 'हेरो झिगनियाँ, मोर व तोहार भोज हुइना उमर हुइगिल, अगर मोर दाइबापु तोहार घर जाके तुहिन मागैं तो तुम हाँ कहबो ?'
झिगनियाँकिहीन मार मार हेमार हुइगिल । व उल्टा पुछे लाग्लीः तु महिन भोज करके का पाइबो बलमुवाँ ?
बलमुवाँक जवाफ रेहेः पानीक रिब ।
झिगनियाँ हडबडाके पुछलीः का बात कर्ठो, मोरसंग पानीक रिब बा ?
बलमुवाँ झिगनियाँक हाथ पक्डल, अपन माथेम राखल व कहलः नाइँ झिगनियाँ वैसिन बात नाइँ हो । यी संसारम सब धनी गरिब मनै बाटैं अो सक्कुजानेमें से जउन जउन मनै जिन्दगीसे दिक्याइल बाटैं, मिच्छाइल बाटैं, अोकर कारण का हो तुहिन पता बा ?
झिगनियाँकिहिन् अइसिन बातक का पता ? अो इत्ना कहलीः महिन कैसिके पता हुर्इ ?
'तो सुनो ।' बलमुवाँ झिगनियाँकिहीन सम्झाइलागलः 'झिगनियाँ मै हमार गाउँक धनी मनै, गरीब मनै सक्कुहुनके देखटुँ, कोइ मनै खुस नाइँ ह्वाँइ । हुँकार घरेम धेरथोर दानापानी बा । कमाइठाइँ खाइठाइँ, मनों साहिंजुन्के हुँकार घरेम जाके देख्बो तो, झग्रा, मारापिट, चिल्लाहट । जन्निहुन्के अपना डगरा, बुडुवाहुनके अपना डगरा । सोनाचाँदी, हिरामोती कुछु से घरम शान्ति नाइँ अाइठ अगर घरके मिधरूवा व बुडुवाक जोडा अच्छा नाइँ रही तो । मैं सोच्नु, तुहार व मोर जोडा जम्जाइ तो हम्रे सेकब तो धेर पैसा कमाके, गुरीगुरि चीज खाइके, हइयारहइयार लुग्रा लागाइके बाँचब, नाइ सेकब तो पानीक रिब खाइके बाँचब । यी दोनो अवस्थाम टिक्ना गाउँभरकि बठनियाँमन एक्ठो तुहिन देख्नु, उहीमारे यी मनके बात कहिदेहेलुँ चाहे जो कुछ करो ।'
बलमुवाँक बात से झिगनियाक मन पग्ललकि नाइँ के जाने, उ वकर लग्गे अाके हाथ मागली, वकर हाथम अपन हाथ रख्ली अो कहलीः 'लड्की मनइक जीन्दगी फे पानीक रिब जैसिन तो बा । कोइ कुवाँ से उठाइके भान्साम लैजाइठ, उहाँ दोसर मनै ताताइठ, नोनमिर्चा मिलार्इठ, खार्इठ, पेट भरठ । जनम देहुइया दाइबाप, करम देहुइया बुडुवा व सब समाज हम्रे जन्नी मनैनके पानीक रिब समझठाइँ ।'
बलमुवाँ झिगनियाक हाथ बहुत देरसम पकड्ले रेहे । रात हुइगिल, के जाने कब यी दुइझाने छुट्नै ।



बर्दिया, हाल अष्ट्रेलिया