Wednesday, August 26, 2015

श्री कालिका प्रसाद उपाध्यायको सम्मान कार्यक्रम (तस्बिर सहित)

काठमाडैांमा रहनुभएका चूरे परिवारका साथीभाइहरूले चूरे मा.वि. बगनाहाबाट स्कूले शिक्षा पूरा गरी विद्यावारिधि (पिएचडि) गर्ने व्यक्तिका रूपमा मध्यबानेश्वरको म्याकडोनाल्ड क्याफेमा आयोजित एक भेटघाट कार्यक्रममा श्री कालिका प्रसाद उपाध्यायलाई सम्मान गरेका छन।
सोहि कार्यक्रममा भएको छलफलले श्री जगत बानियाँको अध्यक्षतामा चूरे पूर्वविद्याथी परिवार काठमाडैां गठन गरिएको छ । पूर्विद्यार्थीहरूको अापसी सम्बन्ध र चूरेको हितमा लागि पर्नु यो परिवारको साझा उद्देश्य हो  । उक्त कार्यक्रममा व्यक्तिगत व्यस्तताका कारण पाल्न नसक्नुभएका तर काठमाडैांमा रहनुभएका सबैलार्इ यस परिवारका  अागामी कार्यक्रमहरूमा उपस्थित भई अावद्ध हुन हामी अनुरोध गरिएको छ  । सो कार्यक्रमका केहि तस्बिरहरु :